स्ट्याडर्ड चार्टर्ड बैंकले सेयरधनीलाई साढे १७ प्रतिशत लाभांस दिने
काठमाडौं। स्ट्याडर्ड चार्टर्ड बैंकले साढे १७ प्रतिशत नगद लाभांस दिने प्रस्ताब छ । गत आर्थिक वर्षमा कमाएको नाफाबाट सेयरधनीलाई सो बराबरको नगद लाांस दिने बैंकको ३७६औं सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ।