वामपन्थी नेता तुलाधरको अन्येष्टि गरिंदै, राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरिन्



काठमाण्डौ , वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्परा अनुसार अन्येष्टि गरिने आफन्तले बताएका छन् ।

मष्तिष्कघात र मृगौलाको समस्याबाट ग्रसित ७८ वर्षका तुलाधरको हिजो उपचारकै क्रममा निधन भएको हो । तुलाधर २०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री हुनु भएका तुलाधर २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि मावनअधिकार अभियन्ताका रुपमा चर्चित हुनुभएको थियो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेकी छन् ।


क्लिकमान्डु