स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले करिब २ करोडको आइपिओ बिक्री गर्ने
काठमाडौं । दशैं महत्वपूर्ण अवसर सकिए लगत्तै विभिन्न वित्तिय संस्थाले पुनः साधारण शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन् ।
यसै क्रममा आएको स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था । सो संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।
कम्पनीको हालै सम्पन्न दोस्रो बार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
कम्पनीले ३० प्रतिशत शेयर जारी गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने जनाएको छ ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका १९ वटा शाखा कार्यालय सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् ।