विद्युत प्राधिकरणले किन लोडसेडिङ गराउँदैछ राजधानीका यी ठाउँमा ?

168
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटोती गर्ने भएको छ ।

कलंकी–नागढुंगा सडक खण्डको ढुंगे अड्डादेखि तीनथाना बस स्टपसम्म लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्यको लागि स्युचाटार सब स्टेशन बाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गल लगायतका ‌‍क्षेत्रमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणकाअनुसार आज बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिधुत आपूर्ति अवरुद्ध हुने छ ।

तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजे भन्दा अगावै लाइन सुचारु गर्न सकिने समेत प्राधिकरणले जनाएको छ ।

सडक निर्माण गर्ने ठेकेदारलाई अबिलम्ब कार्य सम्पन्न गर्ने दबाब बढे पछि पछिलो समयमा २४ घण्टा नै सडक को काम हुदै आइ रहेको छ ।

Skip This