कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् ।
रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।
कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालिलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै कम्पनीले घिसिङलाई सम्मानित गरिएको दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको बैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३÷७४मा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।
आव ०७४/७५मा प्राधिकरणको नाफा रु १ अर्ब १ करोड आर्जन हुने प्रक्षेपण गरिएको छ, संचालन नाफा रु ७ अर्ब ८६ करोड रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खूद वार्षिक नाफा हाल प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।
घिसिङकै नेतृत्वमा गत आवमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशःकरिव ५.५ प्रतिशत र करिव १४.५प्रतिशत रहेको छ । चालू आवमा विद्युत चुहावटलाई १८.५प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।
प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीब्रता पाएको छ ।