राष्ट्र बैंकमा एकैपटक दर्जनौंले जागिर पाए (नामावलीसहित)



काठमाडौं । नेपाला राष्ट्र बैंकमा एकैपटक दर्जनौं जनाले अधिकृत पदमा जागिर पाएका छन् । लोकसेवा आयोगले लिएको लिखित परिक्षा पास गरेकाहरुसँग राष्ट्र बैंकले लिएको अन्तवार्ता परिक्षामा ७५ जना लपास भएका छन् ।

उनीहरुलाई राष्ट्र बैंकले कात्तिक ५ गते भित्र बैंकको केन्द्रिय कार्यालयमा नियुक्ति पत्र लिन आउनका लागि सार्वजानिक सूचना नै प्रकाशन गरेको छ ।

शुक्रबार जागिरका लागि छनोट भएको व्यक्तिहरुको सूची निकाल्दै राष्ट्र बैंकले यस्तो आह्वान गरेको हो । २०७४ सालमा निकालेको विज्ञापनको अन्तिम परिक्षाफल राष्ट्र बैंकले शुक्रबारको गोरखापत्रमा प्रकाशित गरेको हो ।

स्वास्थ परिक्षणको प्रतिवेदन तथा अन्य ब्यहोरा अनकुल भएमा मात्र नियुक्ति दिइने र तोकिएको मिति (कात्तिक ५) भित्र सम्पर्क राख्न नआएमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकमा विभिन्न सुविधा हुने भएकाले निकै आकर्षक जागिर मानिन्छ ।


पुष्प दुलाल