काठमाडौ । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल विभिन्न कारणले ओरालो लागेको शेयर बजारमा अब विस्तारै सुधार आउने बताउँछन् । पछिल्लो समय लगानीकर्ताहरु शेयर बजारबाट निराश बनेका लगानीकर्तालाई यसरी निराश नहुन उनको सुझाब छ ।
‘सेयर बजार सँधै स्थिर हुन सक्दैन, अब बजार बढ्ने वाताबरण बन्दै गएको छ,’ फुल्लेलले क्लिकमाण्डूसँग भने ।
बजार घट्नुमा अस्थिर व्याजदर, तरलता साथै अन्य धेरै कारण भएको उनको बुझाइ छ ।
राज्यका केहि कमीकमजोरीका कारण शेयर लगानीकर्ता निराश हुन परेको बताए । अनिश्चित व्याजदरका कारण शेयर बजारमा लगानीकर्ताहरु दृढताका साथ लाग्न नसक्ने अवस्था सिर्जना भएकाले यसलाई निश्चित खाका तथा नियम बनाई राज्यले नियन्त्रण गर्नुपर्ने उनको तर्क छ ।
हेर्नुहोस् फुल्लेलको भिडियो अन्तर्वार्ता
प्रतिक्रिया