एक्शन स्पोर्ट्स एचडीमा साफ कप २०१८ को प्रत्यक्ष प्रशारण




काठमाण्डौ । फिफा बिश्वकपलाई प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भईरहेको साफ सुजुकीकप २०१८ लाईपनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

साफ कपमा नेपालले आफ्नो प्रदर्शनलाई निखारेको छ, जित्नै पर्ने अवस्थामा रहेको नेपालले बंगलादेश बिरुद्धको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गदै उसकै घरेलु मैदानमा २-० को जित हात पारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

दक्षिण एशियाका ७ राष्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भई भाद्र ३० सम्म चल्ने छ । प्रतियोगिताका सबै खेलहरु एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडी पिक्चर क्वालिटीमा हेर्न सकिने छ ।

आफ्ना ग्राहकहरुको विश्वास र रुचि अनुसार भविष्यमा पनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रशारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ । एचडि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाईमा परिरहेको कम्पनीले जनाएको छ ।

नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्स एचडीले देश भित्र र देश बाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आएको छ ।


क्लिकमान्डु