असोज १७ गतेदेखि अमेरिका जाने डिभी चिट्ठा खुल्ने



काठमाडौं । सन् २०२० का लागि अमेरिका जाने डिभी चिट्ठा असोज १७ देखि खुल्ने भएको छ । आगामी बुधवार दिउसो १२ बजेदेखि डिभी चिट्ठा भर्न सकिने अमेरिकी सरकारले जनाएको छ ।

असोज १६ गते खुलेको अमेरिकी डिभी चिट्ठा कात्तिक २० गतेसम्म भर्न सकिने छ । अमेरिकी सरकारले एकजनाले एकभन्दा बढी पटक डिभी नभर्न आग्रह गरेको छ ।डिभी चिट्ठाको मापदण्डमा भने कुनै परिवर्तन गरिएको छैन ।

सन् २०२० मा अमेरिकामा स्थाई अनुमतिपत्र प्राप्त गर्नको लागि भरिने डिभीको रिजल्ट सन् २०१९ मे ७ तारिकको दिनबाट आउने छ । डिभी भर्नको लागि कम्तीमा १२ कक्षा पास भएको हुनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु