ताइवानमा अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध, वासिङ्टनको भद्र ध्यानाकर्षण
बेइजिङ, चीन । ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ ।
अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको छ ।
राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन गरेको छ, चीनको विदेशमन्त्रालयले जनाएको छ ।
अमेरिका र ताइवानबीच हतियारसम्बन्धमा भएको सहमतिले चीन–अमेरिकाबीच भएका तीनवटा संयुक्त वक्तव्यको विरुद्धमा छ, विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए ।
यो एक चीन नीति चीनको सार्वभौम अधिकार र सुरक्षा चासोको बिषयसमेत रहेको प्रवक्ता गेङले बताउँनुभयो । रासस\सिन्ह्वा