५ खर्ब भारु बैंकको ऋण नतिरेर भारतबाट भागे गुजरातका यी व्यापारी



नयाँ दिल्ली । ठूला व्यापारीले बैंकबाट ऋण लिएर भाग्ने क्रममा एउटा व्यापारी थपिएका छन् ।

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी आएपछि विजय माल्या,निरव मोदी ठूलो रकम बैंकबाट ऋण लिएर नतिरेर भागेका थिए ।

यस्तोमा मोदीको गृहनगर गुजरातका व्यापारी नितिन संदेसरा ५ खर्ब भारतीय बैंकबाट लिएको ऋण नतिरेर भागेका छन् ।
स्टर्लिङ बायोटेकका मालिक नितिन संदेसरालाई ५ खर्ब भारतीय रुपैयाँ बैंक घोटालाको आरोप छ ।
बैंकको ऋण नतिरेर देश छाड्ने भारतीय व्यापारीमा नितिन पहिलो व्यापारी होइनन् । भारतमा सरकारी बैंकबाट लिएको ऋण नतिरेर निरव मोदी,मेहुल चोकसी र विजय माल्या भारत छाडिसकेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार नितिन दुबईबाट नाइजेरिया पुगेका छन् ।
भारतीय मिडियामा प्रकाशित खबरमा अनुसार संदेसरा आफ्नो दाई चेतन भाउजु दिप्ती र परिवारका सदस्य सहित नाइजेरियामा छन् ।

यसको आधिकारिक पुष्टी भने भएको छैन । भारतको नाइजेरियासँग सुपुरदगी सन्धी नभएको हुँदा उनलाई फर्काउनको लागि कठिन छ ।

नितिन संदेसरको कुनै समय औषधी बेच्ने कामबाट व्यवसायमा प्रवेश गरेका थिए । उनको व्यापार भारत बाहेक नाइजेरिया,युएई लगातका देशमा फैलिएको छ । नाइजेरियामा उनको तेलको खानी रहेको अनुमान गरिएको छ ।


क्लिकमान्डु