यी ५ आर्थिक घोटला काण्ड, जसले विश्व हल्लाए



काठमाडौं । भनिन्छ- पैसा भनेपछि महादेवका पनि ३ नेत्र । आजको दुनियाँका मान्छेको त कुरै छाडौं । पैसा भनेपछि हुरुक्कै हुन्छन् ।

पैसाभएपछि भौतिक सुख सुविधा पाइने हुनाले मान्छेहरु पैसाका पछि दौडिन्छन् । नेपालमा पनि केही ठूला आर्थिक घोटला काण्डहरु छन् । तर, आज हामी संसारका केही चर्चित आर्थिक घोटला काण्डबारे मात्रै चर्चा गर्दैछौं ।

पोेन्जी स्किम काण्ड

सन् १९१९ मा अमेरिकामा बस्दै आएका इटालियन आप्रवासी चाल्स पोन्जीले छिट्टै धनी हुने आकर्षक स्किम ल्याए, जुन स्किम पोन्जी स्किमका नामले चर्चित छ । यो स्किम अनुसार अमेरिका बाहेक अन्य राष्ट्रमा बस्ने मानिसहरुले इन्टरनेशनल रिप्लाई कुपन किन्ने र त्यसलाई महङगो भाउमा अमेरिकामा बेच्नु पर्दथ्यो ।

उनले धेरै नयाँ लगानीकर्ताहरुलाई लगानी गर्न उत्साहित र सहमत गराए । यद्यपि उनको व्यवसाय भित्रभित्रै धेरै ऋणका कारण धरापमा परिसकेको थियो । यो नयाँ स्किममा लगानीकर्ताले लगानी गरेको पैसा उनले आफ्नो र कम्पनीको ऋण तिर्न प्रयोग गरे । अन्तत यो आर्थिक घोटालाको एउटा भयानक काण्ड बन्न पुग्यो । जुन काण्ड अहिले संसारभर परिचित छ ।

इनरोेन काण्ड

इनरोन कुनै समय अमेरिकाको सातौ ठुलो इनर्जी कम्पनी मानिन्थ्यो । अमेरिकाको टेक्ससमा रहेको र्फच्युन म्यागेजिनले यस कम्पनीलाई सन् १९९५ देखि २००० सम्म लगातार ६ वर्ष अमेरिकाको सबैभन्दा धेरै सिर्जनशील कम्पनीका रुपमा चित्रण गरेको थियो ।

तर यथार्थमा यस कम्पनीले आफ्नो आम्दानी र खर्चको विवरण झुटो देखाउँदै आएको थियो । विभिन्न अनुसन्धानबाट कम्पनीले विभिन्न जुक्ति लगाएर धेरै ऋण भएको तथ्य लुकाएको पत्ता लाग्यो । सन २००१ मा यस कम्पनीको शेयरमुल्य नै एक डलरभन्दा कममा झरेको थियो । अन्तत कम्पनी टाट पल्टियो । र, यो पनि विश्वकै चर्चित आर्थिक घोटाला काण्ड बन्न पुग्यो ।

वल्डकम काण्ड

काण्डको केहि वर्षपछि अमेरिकामा वल्डकम काण्ड भयो । जसमा कम्पनीको सम्पत्ति देखाउने क्रममा ७ विलियन डलरभन्दा धेरैको लेखा त्रुटी भेटिएको थियो । यसरी त्रुटी भेटीएपछि वल्डकमका पूर्वप्रमुख कार्यकारी वर्नाड एवर्सलाई २५ वर्ष जेल सजाय दिएको थियो । उनी त्यो बेलासम्मका सबैभन्दा धेरै भ्रष्ट प्रमुख कार्यकारीका रुपमा कहलिए ।

बर्नाड म्याडअफ काण्ड

वाल स्ट्रिट इन्भेष्टमेण्ट फर्मको प्रमुख रहेका बर्नाड म्याडअफले सबैभन्दा ठुलो पोन्जी स्किम योजना बनाए । जसमा लगानीकर्ताहरुले ६४.८ विलियन लगानी गरे । तर यो ठगी काण्ड सन् २००८ को आर्थिक संकट पछि पर्दाफास भयो । त्यसै वर्षको डिसेम्बरमा यो काण्डका गुरु योजनाकार रहेका बर्नाड म्याडअफले उनका छोरा समक्ष यो व्यवसाय एउटा ठुलो झुट भएको स्विकार गरे । जस कारण म्याडअफले १५० वर्षको जेल सजाय पाए ।

लेम्यान ब्रदर्श काण्ड

सन १८५० मा स्थापना भएको लेम्यान बैंक सन २००८ मा टार्ट पल्टिनु अघि अमेरिकाको चौथो ठुलो इन्भेष्टमेण्ट बैंक थियो । सन २००८ मा आर्थिक संकट निम्तिएपछि अनुसन्धानका क्रममा एक सय ५० वर्ष पुरानो यो बैंकले कस्मेटिक लेखा तरिका अपनाएको पर्दाफास भयो ।

तथ्य लुकाउन विभिन्न नक्कली तरिका अपनाएको फेला परेपछि यस बैंकलाइ आर्थिक घोटाला गरेको आरोपमा मुद्दा चलाइएको थियो । उक्त काण्डपछि विश्व बजारमै एक्कासी गिरावट आएको थियो ।


पुष्प दुलाल