निर्मलाका बास्तविक हत्यारा पत्ता लगाउन माग राख्दै राजधानीमा प्रदर्शन (भिडियाे सहित)



काठमाडाै ।  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तकाे बलात्कर पछि हत्या गर्ने बास्तविक हत्यारा पत्ता लगार्इ कार्वाहिकाे माग गर्दै राजधानीमा प्रदर्शन भएकाे छ ।

५२ दिन बितिसक्दा पनि अपराधि पत्ता लगाउन नसकेकाे भन्दै हजाराै जनता सडकमा उत्रिएका हुन । पन्तको कसले बलात्कार गरी हत्या गर्यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता लाग्नुकाे सट्टा छानवीन समितीका विरेन्द्र के.सी ले ‘शक्तिशाली अपराधिबाट अाफ्नाे हत्या हुन सक्ने’ बताएपछि घटना थप रहस्यमय बनेकाे छ ।

निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्।  प्रहरीले निर्मलाको बलात्कार र हत्याको आरोपमा मानसिक सन्तुलन गुमाएका व्यक्ति सार्वजनिक गरेकाे थियाे ।

अहिले देशभर बलात्कार विरुद्ध र निर्मलाको न्यायको लागि आन्दोलन चर्किएको छ। स्थानियले एसपीका छोरा र मेयरका भतिजामाथी अनुसन्धान गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन्।

प्रदर्शनमा विभिन्न नारा लेखेका प्लेकार्ड तथा ब्यानर हातमा लिइ हजाराै जनताले उपस्थिती जनाएका छन ।  राजधानी काठमाडाै लगायत देशका विभिन्न भागमा प्रदर्शन गरिएकाे छ ।

 

प्रदर्शनमा सरकारले अपराधिलाइ संरक्षण दिएकाे, वास्तविक हत्यारा पत्ता लगाउनुकाे सट्टा प्रमाण नष्ट गर्न तर्फ लागेकाे, कानुन अाफ्नाे हातमा लिएकाे जस्ता  विभिन्न नारा लगाइ गृहमन्त्री एवं प्रधानमन्त्रीकाे राजीनामा समेत मागेका थिए।

भिडियाे रिपाेर्ट


पुष्प दुलाल