हरियाणामा विद्युत शुल्क कटौतिको घोषणा, ४१ लाखले पाए राहत




नयाँ दिल्ली, भारत । भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरले विद्युतको शुल्कमा कटौतिको घोषणा गरेका छन् ।

विधान सभाको बैठकलाई सम्बोधन गर्दै विद्युतको शुल्कमा कटौतिको घोषणा गरेका हुन् । घरयासी प्रयोग तथा घरेलु उद्योगमा खपत हुने विद्युतको मारबाट खासगरी राज्यका ग्रामिण जनतालाई लाभ दिने उद्देश्यले गरिएको निर्णय प्रति महिना ५०० यूनिट खपत गर्ने नागरिकका लागि मात्र लागु हुनेछ ।

पछिल्लो घोषणा अनुसार राज्य सरकारले ५० यूनिट, २०० यूनिट र ५०० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि राहत दिने योजनाअनुसार क्रमशः दुई रूपैयाँ, साढे दुई रूपैयाँ र चार रूपैयाँ उनान्सत्तरी प्रति यूनिटका दरले आगामी महिनादेखि शुल्क लाग्ने घोषणा गरिएको छ ।

घोषणा गरिएको शुल्क निर्धारणबाट राज्यमाथि प्रतिबर्ष ६ अर्ब ७७ करोड भारतीय रूपैयाँ भार बढ्ने बताइएको छ ।

मुख्यमन्त्रीले आफ्नो दलले निर्वाचनका समय गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न ऐतिहासिक निर्णय लिएको बताए । यसबाट ४१ लाख ५३ हजार ग्रामिण क्षेत्रका ग्राहकले राहत पाउनेछन् ।

सरकारको पछिल्लो घोषणाबाट २०० यूनिटसम्म बिजुली प्रयोग गर्ने परिवारमा प्रति महिना ४३७ भारतीय रूपैयाँ बचत गर्नेछन् जुन पहिलेको शुल्कभन्दा ४६.६ प्रतिशत कमी भएको मुख्यमन्त्रीको दावी छ । रासस\एएनआई


क्लिकमान्डु