३१ वटा पुल अलपत्र पार्ने सांसदसमेत रहेका ठेकेदार पप्पू कन्स्ट्रक्सनमाथि कारवाही हुनेमा आशंका



काठमाडौं । नेपालको पूल तथा निर्माण क्षेत्रमा बदनाम सावित भएको पप्पू कन्स्ट्रक्सनमाथि छनबिन गर्न सरकारले एक समिति बनाएको छ ।

देशभर नै ठेक्का लिएका ३१ वटा पूल मध्ये १५ वटा पूलको निर्माण अवधि सकिएको र अरु पूलको समेत निर्माण कार्यमा व्यवधान खडा गरेको भन्दै सरकारले कारवाहीका लागि छानबिन समिति बनाएको हो ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।

भोतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको बताएका छन् ।

एकल र संयुक्त गरी कूल ५ अर्ब रुपैयाँ बराबरको ठेक्का लिएको पप्पूले सबै निर्माणको काम अलपत्र पारेको छ ।

पधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पूको काम कारवाही बारे चौतर्फी विरोध आएपछि सबै कागजात मगाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यमा ज्यादती गर्नेलाई कानुनअनुसार कारवाही हुने भन्दै छानबिन प्रक्रिया सुरु गर्न भौतिक पूर्वााधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठलाई निर्देशन दिएका थिए ।

पप्पूले जिम्मा लिएको राजधानीको तिनुकने पूल, परोपकारको पूल र बालाजुको पूलमा सामान्य काम समेत सुरु गरेको छैन ।

ती मध्ये तिनकुनेको पूल १२ करोड तथा बालाजु तथा परोपकारको पूल भने ६/६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । ती पूल निर्माणका लागि सामान्य काम समेत सुरु गरेको छैन । ती पूल निर्माण गर्ने अवधि भने सकिइसकेको छ ।

हुलाकी राजमार्गमा पनि संयुक्त उपक्रममा पप्पूले १० वटा पूलको ठेक्का लिएको छ । पप्पूका मालिक हरिनारायण रौनियार हुन् । उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका तर्फबाट बारा जिल्लाबाट संघीय सांसदमा निर्वाचित प्रतिनिधि हुन् ।

सडक विभागकाअनुसार २०६८ सालमा जिम्मा लिएका पूल अझै पनि अधूरो रहेको छ । निर्माण व्यवसायीले आयोजना लिने र काम नगर्ने प्रवृत्ति बढेको छ ।

सरकारी निकाय भन्दा ठेकेदार नै बलिया भएका कारण समस्या बढेको छ । सरकारी निकायलाई प्रभावमा पारेर ठेकेदारले जिम्मा लिएको काम पूरा गरेका छैनन् ।

पप्पूका मालिका रौनियारले भने आफूलाई बदनाम गर्ने गिरोह क्रियाशिल रहेको भन्दै गुनासो गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठकमा समेत खासै नआउने रौनियार निर्माण व्यवसायको काम नै संलग्न हुने गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्माण व्यवसायको काम छाडेको दावी गरेपनि उनी अझै ठेक्का कसरी हात पानेृ भन्ने ध्याउन्नमा नै लाग्ने गरेका छन् ।

छोरा सुमित अग्रवाललाई जिम्मा लगाएको दावी गरेपनि उनी धेरै जसो ठेक्का पट्टामा लाग्ने गरेको र पछिल्लो दिनमा उनी आफूलाई कारवाही नगर्न भन्दै शक्तिकेन्द्र धाउन थालेको समेत बताइन्छ ।

तर उनले भने आफूलाई बदनाम गराउन केही प्रतिस्पर्धी समूह खुलेर लागेको दावी गर्छन । पूल निर्माणका किन ढिलाई गरेको त भन्ने प्रश्नमा उनले भने त्यो हाम्रो कारणले मात्रै होइन सरकारी कारणले नै ढिलाई भएको हो ।

सरकारले छानबिन समितिले दिने प्रतिवेदनका आधारमा पप्पूमाथि कारावही हुने बताएको छ ।

मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक श्रेष्ठ सो विषयमा केही बोल्न चाहँदैनन् । उपभोक्ता अधिकारीकर्मीले भने निर्माण व्यवसायमा गलत गर्ने पप्पूलाई कारवाही हुनबाट जोगाउन छानबिन समिति बनाइएको हुन सक्ने र त्यसले दिने प्रतिवेदन समेत सही र तथ्यपूर्ण आउनेमा आशावादी देखिएका छैनन् ।


पुष्प दुलाल