सेयर बजारमा कालोधन भएको अर्थ मन्त्रालयको निश्कर्ष, सेबोन र ब्रोकरलाई यसरी थर्कायो मन्त्रालयले



काठमाडौं । पुँजी बजार (सेयर बजार) लाई कुनैपनि देशको अर्थतन्त्रको ऐना मानिन्छ । नेपालमा पनि त्यसै भन्ने गरिन्छ ।

तर, अर्थ मन्त्रालयले नेपालको सेयर बजारमा ब्यापकरुपमा कालो धनको भएको निष्कर्श निकालेको छ । अर्थ मन्त्रालयको यो निष्कर्शले के भन्छ भने नेपालको अर्थतन्त्र नै कालोधनले चलेको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार सम्पत्ति सुद्धिकरणमा ब्रोकरहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम राखेको थियो ।  कार्यक्रममा पत्रकारहरुलाई  पूर्णरुपमा निषेध गरिएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा राजस्व सचिव शिशिर ढुंगाना, अर्थ मन्त्रालयको सम्पद्धि सुद्धिकरण हेर्ने हरि नेपाल, राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका प्रमुख रामु पौडे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा बोर्डकै उच्च पदस्थ कर्मचारीहरु उपस्थित थिए ।

कार्यक्रममा ५० वटै सेयर ब्रोकरका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित थिए । मर्चेन्ट बैंकर पनि उपस्थित थिए ।

‘खर्बौंको कारोबार हुने पुँजी बजारमा १० वर्षमा २ वटा मात्रै शंकास्पद कारोबार भन्दा हामीले पत्याइदिनुपर्ने ?’ नेपालले प्रश्न गर्दै भने, – ‘ब्रोकरले शंकास्पद कारोबारको रिपोर्ट नबुझाउँदा बोर्ड के हेरेर बसेको छ रु अब हामीले नै बोर्डलाई हेनुपर्ने अवस्था आएको हो ?’

राजस्व सचिव ढुंगानाले सुरुमै बोले । उनले सम्पत्ति सुद्धिकरणमा कडाइ नगरेर नेपाल कालोसूचीमा पर्ने र त्यसको असर सबैलाई पर्ने भन्नै यस्तो करोबार हुन नदिन आग्रह गरे । उनले नीतिगतरुपमा ब्रोकरहरुलाई पुँजी बजारमा भएको कालोधनको जानकारी नगराएको भन्दै अब त्यसो नगर्न चेतावनी दिए ।

त्यसपछि बोले वित्तीय जानकारी इकाइका प्रमुख रामु पौडेलले । सम्पत्ति सुद्धिकरण निवारण ऐन कार्यान्वयन भएको १० वर्षमा सेयर बजारमा जम्मा २ वटा मात्रै शंकास्पद कारोबार भएको रिपोर्ट आएको बताए ।

त्यसपछि बोल्ने पालो थियो अर्थ मन्त्रालयको सम्पत्ति सुद्धिकरण हेर्ने हरि नेपालको । उनी शुरुमै निकै कडाए भएर प्रस्तुत गरे ।

‘मसँग यहाँ प्रेजेन्टेशन पनि छ, तर त्यो प्रेजेन्ट गरिरहनुपर्ला जस्तो लाग्दैन, कसैलाई चाहिए प्रिन्ट लिएर जानुहोला’ भन्दै नेपालले ब्रोकरलाई पेलिहाले ।

त्यसपछि उनी आक्रमकरुपमा प्रस्तुत भए । नेपालले ब्रोकरहरुलाई सम्पत्ति सुद्धिकरण गर्न सहयोग गरेको आरोप मात्रै लगाएनन् नियामक धितोपत्र बोर्डमाथि नै शंका समेत गरे ।

‘खर्बौंको कारोबार हुने पुँजी बजारमा १० वर्षमा २ वटा मात्रै शंकास्पद कारोबार भन्दा हामीले पत्याइदिनुपर्ने ?’ नेपालले प्रश्न गर्दै भने, ‘अहँ, यो कदापि हुनै सक्दैन । पुँजी बजारमा कालोधन छैन भनेर ब्रोकर र धितोपत्र बोर्ड प्रमाणित गर्न लागिपरेका छन् । जुन हामी पत्याउनै सक्दैनौं ।’

केही प्रश्न गर्न भनेर तम्सिँदै गएका ब्रोकरहरु अर्थ मन्त्रालयका प्रतिनिधि हरि नेपालले धितोपत्र बोर्डमाथि नै शंका गर्दै सातो खाएपछि चुपचाप रहे । कुनैपनि ब्रोकरले प्रश्न गर्न सकेनन् ।

नियमन गर्नका लागि गठन भएको धितोपत्र बोर्डको भूमिका र बोर्डका पदाधिकारीको नियतमाथि शंका गर्दै नपालले थपे- ‘ब्रोकरले शंकास्पद कारोबारको रिपोर्ट नबुझाउँदा बोर्ड के हेरेर बसेको छ ? अब हामीले नै बोर्डलाई हेनुपर्ने अवस्था आएको हो ?’

कालोधनबारे जानकारी नदिने ब्रोकरहरुलाई सिध्याउन परे पनि राज्य पछि नपर्ने उनले बताए ।

‘यहाँ २/४ वटा ब्रोकर सिध्दिँदैमा केही फरक पर्दैन, राम्रो गर्नेलाई प्रोत्साहन गर्ने र नराम्रो गर्नेलाई सिध्याउने नै हो,’ उनले भने ।

कार्यक्रममा २ वटा ब्रोकरलाई १०/१० लाख रुपैयाँका दरले कारबाही गरेको पनि सुनाइएको थियो । त्यसपछि लक्षित गर्दै नेपालले भने, ‘१० लाख कम भयो, १ करोड गर्नुपर्थ्यो ।’

‘नो योर कस्टुमर (केवाइसी) फारममा सुब्बाको जागिर लेखेको हुन्छ, अनि उसकी श्रीमतिले लाखौंको सेयर किनबेच गरिरहेकी हुन्छे भने त्यो कालोधन होइन ? त्यहाँ पनि शंका नगरी चुपचाप बस्ने ?’ नेपालले प्रश्न गरे ।

खासगरी ब्रोकरप्रति निकै आक्रोशित देखिएका नेपालले राज्यबाट इजाजत लिएर कालोधनको संरक्षण नगर्न चेतावनीसमेत दिए ।

‘राज्यबाट इजाजत लिने अनि राज्यले बर्जित गरेको कालोधनको कारोबार गराउने ?’ नेपालले प्रश्न थियो ।

पुँजी बजारमा कालोधन भएको विषयलाई अर्थ मन्त्रालयले नजिकबाट अध्ययन गरिरहेको समेत उनले जानकारी गराए ।

‘नो योर कस्टुमर (केवाइसी) फारममा सुब्बाको जागिर लेखेको हुन्छ, अनि उसकी श्रीमतिले लाखौंको सेयर किनबेच गरिरहेकी हुन्छे भने त्यो कालोधन होइन ? त्यहाँ पनि शंका नगरी चुपचाप बस्ने ?’ नेपालले प्रश्न गरे ।

ब्रोकरहरुले सम्पत्ति सुद्धिकरणसम्बन्धी कानूनको अटेरी गरेको नेपालको भनाइ थियो ।

दर खाने दिन महिला दिदी बहिनीहरु पनि भएकाले आफू कडा रुपमा प्रस्तुन नहुने भन्दै कुरा सुरु गरेका धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले माग्नेको कथा सुनाए ।

यस्तो थियो कार्कीले सुनाएको कथा ।

एकदिन एउटा गाउँमा माग्ने आयो । गाउँका कसैले पनि त्यो माग्नेलाई वास्तै गरेनन् । माग्नेलाई वास्ता नगर्दा के नै पो हुन्छ र ? भन्ने ठाने । कसैले वास्ता नगरेपछि माग्ने मर्यो । केही दिन त माग्ने चालचुल नदेखेपछि गाउँलेहरु खुसी भए । लासै देख्दा पनि कसैले वास्तै गरेनन् । तर, जब दिनहरु वित्दै गए तब माग्नेको लाश कुहिएर गाउँनै दुर्गन्धित हुन थाल्यो । तब गाउँलेहरु गाउँ नै छाडेर भाग्न थाले । पुँजी बजारमा यस्तै खतरा छ । अहिले कालोधनको वास्ता नगर्दा पछि यो बजारनै छाडेर भाग्नुपर्ने अवस्था आउनसक्छ ।

केही प्रश्न गर्न भनेर तम्सिँदै गएका ब्रोकरहरु अर्थ मन्त्रालयका प्रतिनिधि हरि नेपालले धितोपत्र बोर्डमाथि नै शंका गर्दै सातो खाएपछि चुपचाप रहे । कुनैपनि ब्रोकरले प्रश्न गर्न सकेनन् ।

‘प्रश्न गरौं भन्दा भोलि आफ्नैमा छापा हान्न हाउला भन्ने पिर, किन टाउको दुखाउने भनेर चुपचाप बसियो,’ अन्तर्क्रियामा सहभागी एक ब्रोकरले सुनाए, ‘अचेल राज्य नै आतंककारीजस्तो भएको छ । बिरोध गर्यो भनेर इगोको रुपमा लिन्छन् र फसाइदिन्छन् ।’

डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि सेयर बजारप्रति नकरात्मक टिप्पणी गरेको र बजेटमार्फत पुँजीगत लाभकर बढाएको भन्दै सेयर बजारका लगानीकर्ताहरु सरकारसँग सन्तुष्ट छैनन् ।


पुष्प दुलाल