उपभोक्ता ठग्ने ३ मासु पसल सहित १२ उद्योग तथा पसलमा शिलबन्दी



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीज पर्व अघि मासु पसल, सूर्ति उद्योग, फार्मेसी तथा अन्य गरी १२ वटा कम्पनीहरुमा शिलबन्दी गरेको छ ।

विभागले चाडपर्व नजिकिंदै गएको र मासुको प्रयोग बढी हुने भएकाले अनुगमनलाई तीब्र बनाएको हो ।विभागले कुलेश्वर, बालुवाटार र टुकुचाका मासुपसलमा अनुगमन गर्ने क्रममा ४ मासुपसल सिलबन्दी गरेको हो ।

कुलेश्वरको श्रीस्वच्छ मासु सेन्टर, श्रीविष्णु श्रेष्ठ मासु पसल, बालुवाटारको श्रीबालुवाटार फ्रेस हाउस अनुगमनका क्रममा शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।

मासु पसलहरुमा मासु काट्ने स्थानमा अत्याधिक दुर्गन्धित भएको, सरसफाइमा ध्यान नदिएको, दर्ता नबीकरण नभएको लगायतका कैफियत देखिएका कारण शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।

ती मासु पसललाई आवश्यक कागजपत्र माग गर्दै स्पस्टिकरण सहित २४ घण्टा भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागको भनाई रहेको छ । यही भदौ महिनामा श्री शुभकामना सुर्ति उद्योगका ३ वटा उद्योगहरु सिलबन्दी गरिएको छ ।

काठमाडौंको गोलढुङगा, नागार्जुन नगरपालिका र तार्केश्वर नगरपालिकामा रहेको श्री शुभकामना सुर्ति उद्योगको उद्योगहरुमा शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।

व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु नभएको तथा अन्य उद्योगको ब्राण्डको नक्कली सूर्ति तथा गुट्खा प्याकिङ्ग गरी बिक्री गरेको भन्दै सो उद्योग तथा त्यसका शाखा बन्द गरिएको विभागको भनाई छ ।

विभागबाट अनुगमनका लागि गएको समूहले गुट्खा उत्पादन गर्ने मेसिन १ थान, र्यापरहरु र केही बोरा कच्चा पदार्थहरु कोठामा थुनेर सिलबन्दी गरिएको जनाएको छ । शिलबन्दी भएको २४ घण्टा भित्र स्पष्टीकरण सहित विभागमा पेश हुन निर्देशन भएको छ ।

यस्तै, तार्केश्वर नगरपालिकामा रहेको ३ श्रीमेगा क्राउन ग्रुपले व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु केहीपनि देखाउन नसिकको भन्दै शिलबन्दी गरेको गरिएको छ ।

सम्पूर्ण कागजातहरु लिई २४ घण्टा भित्र विभागमा उपस्थित हुन र सञ्चालक स्वयम्को जिम्मामा रहने गरी शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ । जोरपाटी स्थित नयाँवस्तीमा रहेको श्री सगरमाथा डेरीपनि शिलबन्दी गरिएको छ ।

व्यवसाय दर्ता, प्यान दर्ता तथा खाद्य अनुज्ञापत्र देखाउन नसकेको, क्रिस्पि भेजिटेवल फ्याट प्रयोग गरी शुद्ध ध्यू भनि प्याकिङ्गमा उल्लेख गरेको, म्याद नाघेको घ्यूहरु फेला परेको हुदाँ संचालक स्वंयमको जिम्मामा रहने गरी शिलबन्दी गरिएको विभागले जानकारी दिएको छ ।

डेरीका सञ्चालकलाई २४ घण्टा भित्र सम्पूर्ण कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।

यस्तै स्रोह्र्रखुट्टेमा रहेको श्रीनयाँ बजार मल्टिभेन्यूले स्थापित योजना बहुउद्दसीय सहकारी संस्थाको नयाँ बजार सोह्रखुट्टेको वार्षिक साधारण सभाका लागि आयोजित कार्यक्रममा सहभागीहरुले खाना खादा अखाद्य खाना ख्वाएको र भेन्यूको गोदाम स्थलमा म्याद नाघेको मसला, गन्हाउने मासु लगायत अखाद्य सामानहरु भेटिएकोलेले भेन्यूले कुनैपनि कार्यक्रम संचालन गर्न नपाउने गरी शिलबन्दी गरिएको छ ।

भेन्यूको सुरक्षा र जिम्मेवारी संचालक स्वंयम्को रहने गरी शिलबन्दी गरिनुका साथै भेन्यू संचालनसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।

ललितपुरको श्री ॐ शिव जडिबुटी वैद्य पसलमा व्यवसाय दर्ता अनुसारको साईनबोर्ड नभएको, लेबल नभएको औषाधिजन्य सामानहरु बिक्री गरेको, औषधी व्यवस्था विभागको दर्ता प्रमाणपत्र नभएको, विक्री विल जारी नगरेको भन्दै शिलबन्दी गरिएको छ ।

सो पसलका सञ्चालकलाई २४ घण्टा भित्र सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिइएको विभागले जानकारी दिएको छ । हाललाई संचालक स्वंयमको जिम्मामा रहने गरी शिलबन्दी गरियो विभागको भनाई छ ।

नाजार्गुनको श्रीमेजु डेलिकेटेसन्स गुर्मेटमा ससेज उत्पादन र विक्री वितरणको कारोबार रोक्का प्रहरी विट हलचोकको निगरानीमा राखिएको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु