तपाईंको आफन्त चढेको हवाइजहाज कहाँ आइपुग्यो ? यसरी हेर्नुहोस् लाइभ भिडियो



काठमाडौ । हवाइजहाज चढ्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ । विदेश आउन जान त हवाइजहाज नचढी सुखै छैन । देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान पनि जहाज चढ्नेहरु थपिएका थपियै छन् ।

देशभित्र र देशबाहिर जहाज दुर्घटना भएका समाचारहरु आइरहन्छन्, जसले तपाईंहाम्रो मुटु सिरिङ्ग पार्छ । आफ्नो मान्छे जहाज चढेको बेला सुरक्षित अवतरण भएको जानकारी नआएसम्म सबैलाई चिन्ताले पिरोलिरहन्छ ।

के तपाईको आफ्नो मान्छे संसारको कुनै पनि विमानस्थलबाट जहाज चढ्नुभएको छ भने त्यो विमान कहाँ आइपुग्यो ? र, कतिबेला जहाज अवतरण गर्ला ? भनेर जान्नका लागि सजिलो होस् भनेर यो रिपोर्ट तयार पारिएको हो ।

तपाईंले आफुसँग भएको मोवाइल, ल्यापटप वा कम्प्युटरबाटै तपाईंको आफन्त चढेको जहाजको बारेमा लाइभ जानकारी लिन सक्नुहुनेछ ।

कसरी हेर्ने भनेर जान्नका लागि भिडियो हेर्नुहोस्


पुष्प दुलाल