बैंकबाट ऋण लिएर गाडी किन्ने हो ? कुन बैंकमा कति किस्ता तिर्नुपर्छ ? (सूचिसहित)



काठमाडौं । मंगलबारदेखि काठमाडौंमा गाडीको कुम्भ मेला सुरु हुँदैछ । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालको आयोजनामा हुन लागेको नाडा अटो शोमा यो पटक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी सहभागी हुने छैनन् ।

दुईवर्ष अगाडि बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम सहज भएको कारण नाडा अटो शोमा ७ प्रतिशतभन्दा तल झरेर ग्राहकले गाडी किन्नको लागि ऋण पाएका थिए । तर, ७ प्रतिशत ब्याजदरमा लिएको ऋण भने मंसिरदेखि उकालो लाग्न थाल्यो । ७ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण लिनेले १४ प्रतिशतसम्म पनि ब्याजदर तिर्नुपर्यो ।

मोटरसाइकलबाट अपग्रेड हुन चाहनेहरु धेरै नै हुन्छन् । मासिक १ लाखसम्म आम्दानी गर्नेलाई गाडी किन्न भने सहज नै छ । पहिला गाडी किन्न बैंकबाट ९० प्रतिशतसम्म ऋण पाइने भए पनि अहिले भने ६५ प्रतिशतसम्म मात्र ऋण पाइने गरेको छ ।

जसअनुसार २० लाखसम्म पर्ने गाडी खरिदको लागि १३ लाख रुपैयाँ बैंकबाट ऋण पाइन्छ भने ७ लाख रुपैयाँ आफुले लगानी गर्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने ब्याजदर कसको सस्तो र महंगो छ त्यसको लागि बैंकहरुको कर्जाको आधार दर हेर्नुपर्छ । यस्तो आधार दरमा बैंक अनुसार कसैले १ प्रतिशत त कसैले ५ प्रतिशतसम्म जोडेर ब्याजदर लिने गर्छन् । यो रिपोर्ट भने बैंकहरुको आधार दरमा उनीहरुले प्रकाशित गरेको अधिकतम दर जोडेर ग्राहकले कति इएमआई तिनुपर्छ भनेर निकालिएको छ ।

२० लाख रुपैयाँ पर्ने गाडी ७ वर्षे अवधीको लागि खरिद गर्दा कुन बैंकमा कति पर्ला भन्ने आधारमा यो रिपोर्ट निकालिएको हो । बैंकले त्यो भन्दा कम ब्याजदरमा तपाईलाई ऋण भने दिन सक्छन् । बैंकले विभिन्न गाडी कम्पनीसँग सम्झौता गरेर छुट्टै खालको स्किम पनि ल्याएको हुँदा यो रेट भने फरक भने पर्न सक्छ । केही बैंकले ७ वर्षे अवधीको लागि अटो लोन नदिन पनि सक्छन् ।

असार मसान्तको रिपोर्ट अनुसार सबैभन्दा कम बेसरेट राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकबाट गाडी खरिद गर्दा मासिक इएमआई २१ हजार ७१६ रुपैयाँ पर्छ ।

गत आर्थिक वर्षमा नेपालमा १ खर्ब रुपैयाँ गाडी तथा त्यसको पाटपुर्जाको आयात भएको थियो । असार मसान्तसम्मको तथ्यांक अनुसार हायर पर्चेज शिर्षक अन्तर्गत बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७१ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

जसमा व्यवसायिक प्रयोजनका लागि १ खर्ब ७ अर्ब रुपैयाँ तथा निजी प्रयोजनका लागि ६३ अर्ब रुपैयाँ ऋण गएको छ ।


क्लिकमान्डु