महिन्द्रा मेक्सिमो एचडी सिरिजको गाडी नेपाली बजार




काठमाण्डौ । महिन्द्रा मेक्सिमो एचडी सिरिजको नयाँ मोडलका गाडी नेपाली बजारमा आएको छ ।

भारतमा रहेको कम्पनीको अत्याधुनिक कारखानामा निर्मित महिन्द्रा मेक्सिमो एचडी सिजज २ वर्ष र ७५ हजार किमीको वारेन्टी सहित बजारमा आएको हो ।
यो सिरिज कलात्मक निलो र सेतो हीरा सहितको आकर्षक रंगमा बजारमा आएको छ ।

महिन्द्राको साझेदार दुगड ब्रदर्श एण्ड सन्सले काठमाण्डौमा सो नयाँ गाडी सार्वजनिक गरेको हो ।

महिन्द्राका नयाँ सिरिजका गाडी सार्वजनिक समारोहमा दुगड ब्रदर्श एण्ड सन्सका महाप्रबन्धक विवेक दुगडले महिन्द्राका उत्पादनसँग २६ वर्षदेखि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।


क्लिकमान्डु