बजाज बाइक खरिदकर्ताको अब हुनेछ पाकेट फुल !



काठमाण्डौ । हंसराज हुलास चन्द एण्ड कम्पनीले यसपालीकोे दशैं–तिहारकोे अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि बजाज पाकेट फुल नामक ग्राहक योजना ल्याएको छ ।

यो योजनामा बजाजको कुनैपनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प्राप्त हुनेछ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन हुन्छ ।

स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले १ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर साप्ताहिक पाकेट फुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरी एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पकेटफुल कार्यक्रममा गई पाकेट फुल गर्ने मौका पाउने छन् ।

साप्ताहिक पाकेटफुल कार्यक्रमको प्रसारण टेलिभिजनबाट गरिनेछ, जसमा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेट फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी नेपालमा सर्वाधिक बिक्री हुने बजाज अटो, मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक हो ।


क्लिकमान्डु