नेपाली बजारमा प्लस न्यू एक्सयूभी ५०० मोडेलको कार बिक्री शुरु, मूल्य ६१ लाखदेखि ८४ लाखसम्म



काठमाडौं । महेन्द्रा सोरुम नक्सालमा आजदेखि प्लस न्यू एक्सयूभी ५०० को विक्री शुरु भएको छ ।

आकर्षक नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्क युक्त प्लस न्यू एक्सयूभी ५०० मोडेलका कार अग्नि इन्कर्पोरेटेड मार्फत नेपाली बजारमा बिक्री वितरण सुरु भएको हो ।

प्लस न्यू एक्सयूभी ५०० गाडीको लन्चिङ कार्यक्रममा बोल्दै महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभागका उपाध्यक्ष सञ्जय जादवले गुणस्तरीय सूभी समूहको उत्कृष्ट वाहनको रुपमा प्लस न्यू एक्सयूभी ५०० आएको बताए ।

‘प्लस न्यू एक्सयूभी ५०० को लन्चिङसँगै हामीले नयाँ मापदण्डहरु कायम गरी र सवारी चालकको उत्साहलाई नयाँ उचाइमा पुर्याई यसको प्रस्तावित मूल्यलाई सुदृढ गरेका छौँ,’ जादवले भने ।

यो गाडीको मूल्य ६१ लाख रुपैयाँदेखि ८४ लाख रुपैयाँसम्म तोकिएको छ । आकर्षक नयाँ डिजाइनको तथा एमएचएडब्लुके १५५ इन्जीन जडित नयाँ एक्सयूभी ५०० ले १५५ हर्स पावर र ३६० एनएम टक्यूको शक्ति दिने विश्वास कम्पनीले लिएको छ ।

छैठौँ पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियबल जियोमेट्रि टुरबोचाजरले यो गाडीको सवारीलाई अझ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले बताए ।


क्लिकमाण्डू