टिभीएस अपाचेको आरटिआर १६० फोरभि मोडल नेपाली बजारमा




काठमाण्डौ । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी टिभीएसले नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बामोटर्स मार्फत टिभीएस आरटिआर १६० फोरभी मोडेल नेपालमा सार्वजनिक गरेको छ ।

आफ्नो रेसि विरासतको आयाम आरटिआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटिआर १६०–४ भी अत्यन्त शक्तिशाली १६० सीसीमा रहेको छ ।

जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी बिश्वस्त रहेको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिएको टिभीएस अपाचे आरटिआर १६० फोरभी बिट्स नामक कार्यक्रम मार्फत नयाँ मोटरसाइकल सार्वजानिक गरिएको हो ।

सांगीतिक कार्यक्रममा नेपालका प्रसीद्ध गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामाङ, निरन शाही, हरि महर्जन,निखिल तुलाधर, सरद शाहीआदिले आफ्नो प्रस्तुति दिएका थिए।

४ भल्भ, आयल कुल्ड इन्जिन भएको बेस्ट एनक्लास टिभीएस आरटिआर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेस च्याम्पियनशिप (आइएनएमआरसी) भएको छ ।

यो मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९ सय कायम गरिएको छ । टिभीएस अपाचे १६० फोरभी आकर्षक रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध रहेको छ ।


क्लिकमान्डु