सिप्रदी र मुक्तिनाथ बैंकबीच संझौता, टाटा सुमो अब सुलभ ब्याजदरमा



काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र मुक्तिनाथ बिकास बैंक लि.बीच “आफ्नो गाडी आफै सवारी“ नामक ब्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी ट्रेडिङ्गप्रा. लि. ले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंक लि. ले १०.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ७० प्रतिशत सम्म कर्जाप्रदान गर्ने जनाईएकोछ ।

यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकलाई निःशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान हुनेछ ।

यो अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनु पर्ने बाध्यतालाई कम गर्नेछ भन्ने बिश्वास रहेकोछ ।

यस अभियानको बारेमा लक्षित समूहलाई जागरुक गराउन नेपालका कुशल पत्रकार रबि लामिछाने २ बर्षको अवधिका लागि सिप्रदी ट्रेडिंग प्रा. लि.संग अनुबन्धित भएका छन् ।


क्लिकमान्डु