कर बढाउन विद्यासुन्दर र चिरिबाबुको प्रतिस्पर्धा, काठमाडौंले दर बढायो ललितपुरले दायरा



काठमाडौं ।  ललितपुर उपमहानगरबाट बढुवा भएसँगै काठमाडौं उपत्यकामा दुई वटा महानगर भए ।

ललितपुरलाई महानगरमा बढुवा भएपछि आफ्नो नयाँ शाख बनाउनु थियो भने काठमाडौंसंग पहिलेदेखि नै रहेको महानगरको शाखलाई थप मबजुत बनाउनु थियो ।

काठमाडौं महानगरको भन्दा २० दिन ढिला बजेट सार्वजनिक गरेको ललितपुर महानगरको बजेट पनि काठमाडौं महानगरको भन्दा थोरै थियो ।

देशभर करको चर्चा चलिरहँदा उपत्यकाका दुई ठूला स्थानीय तहले आ–आफ्नो क्षेत्रमा कर तोकेका छन् ।

करको दायरा हेर्ने हो भने ललितपुर महानगरले विभिन्न ३ सय ९५ वटा क्षेत्रलाई करको दायरामा समावेश गरेको छ । तर, काठमाडौं महानगरले २ सय ६७ वटा क्षेत्रलाई मात्र करको दायरमा समेटेको छ ।

ललितपुर र काठमाडौंमा कहाँ धेरै कर ? आज त्यसैको लेखाजोखा गर्ने प्रयास गरिएको छ ।

सम्पत्ति कर

ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को लागि सम्पत्ति कर निर्धारण गरेका छन् ।

ललितपुर महानगरले १ करोड बराबरको सम्पत्तिमा ०.३ प्रतिशत कर तोकेको छ भने, काठमाडौं महानगरले ०.१० प्रतिशत कर तोकेको छ ।

घरको मूल्याङ्कन

घरको मूल्याङ्कनमा काँचो ईटा र माटोको जोड भएको घरको ललितपुर महानगरले एक वर्गफिट बराबर ६ सय रुपैयाँ तोकेको छ । यस्तै प्रकारको भवनको काठमाडौं महानगरले १५ सय रुपैयाँ तोकेको छ ।

जग्गाको मूल्याङ्कन

ललितपुर महानगरले मूल्याङ्कन गरेको सबैभन्दा महङ्गो जग्गाको प्रति आना १२ लाख रुपैयाँ रहेको छ । तर, काठमाडौं महानगरले भने सबैभन्दा महङ्गो जग्गाको मूल्य प्रति आना ५० लाख रुपैयाँ तोकेको छ ।

मालपोत दररेट

ललितपुर महानगरले क वर्गको जग्गाको प्रति आना २५ रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले प्रति आना ७० रुपैयाँ कर तोकेको छ ।

व्यवसाय कर

ललितपुर महानगको व्यवसाय कर अन्र्तगत व्यापारिक वस्तुमा अधिकतम कर २० हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले अधिकतम १ लाख रुपैयाँ तोकेको छ ।

निर्माण सामाग्री

निर्माण व्यवसाय तथा उद्योगमा ललितपुर महानगर र काठमाडौं महानगरको अधिकतम करको दायर समान देखिएको छ । यो क्षेत्रमा दुवै महानगरले अधिकतम कर २५ हजार रुपैयाँ तोकेका छन् ।

विशेषज्ञ, परामर्श तथा अन्य व्यवसायिक सेवा

विशेषज्ञ, परामर्श तथा अन्य व्यवसायिक सेवमा काठमाडौं महानगरले अधिकतम कर ५० हजार रुपैयाँ तोकेको छ । ललितपुर महानगरले भने ७ हजार रुपैयाँ तोकेको छ ।

ढुवानी व्यवसाय

ललितपुर महानगरले ढुवानी व्यवसायमा अधिकतम कर ६ हजार रुपैयाँ तोकेको छ । काठमाडौं महानगरले अधिकतम कर १० हजार रुपैयाँ कर तोकेको छ ।

उत्पादनमूलक उद्योग

उत्पादन मुलक उद्योगमा ललितपुर महानगरले अधिकतम कर ५ हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले ५० हजार रुपैयाँ कर तोकेको छ ।

कृषि तथा वनजन्य उद्योग

कृषि तथा वनजन्य उद्योगमा ललितपुर महानगरले अधिकतम ४ हजार रुपैयाँ कर तोकेको छ भने काठमाडौं महानगरले अधिकतम २५ हजार रुपैयाँ तोकेको छ ।

पर्यटन उद्योग

पर्यटन उद्योगमा ललितपुर महानगरले अधिकतम ५० हजार रुपैयाँ कर तोकेको छ । यता, काठमाडौं महानगरले अधिकतम कर १ लाख रुपैयाँ कर तोकेको छ ।

सेवा व्यवसाय

सेवा व्यवसायमा ललितपुर महानगरले अधिकतम कर १५ हजार रुपैयाँ तोकेको छ । काठमाडौं महानगरले अधिकतम कर २५ हजार रुपैयाँ तोकेको छ ।

सञ्चार सेवा
सञ्चार सेवामा ललितपुर महानगरले अधिकतम कर १७ हजार रुपैयाँ रहेको छ । काठमाडौं महानगरको अधिकतम कर १ लाख रुपैयाँ रहेको छ ।

वित्तीय सेवा

वित्तीय सेवामा ललितपुर महानगरले अधिकतम कर ५० हजार रुपैयाँ कर तोकेको छ भने काठमाडौं महानगरले अधिकतम कर १ लाख रुपैयाँ तोकेको छ ।

स्वास्थ्य सेवा

स्वास्थ्य सेवमा ललितपुर महानगरले अधिकतम कर ६० हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले अधिकतम कर १ लाख रुपैयाँ तोकेको छ ।

शिक्षा सेवा

शिक्षा सेवमा ललितपुर महानगरले अधिकतम कर ५० हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले अधिकतम कर १ लाख रुपैयाँ तोकेको छ ।

मर्मत संभार व्यवसाय

मर्मतसंभार व्यवसायमा ललितपुर महानगरले अधिकतम कर ५ हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले अधिकतम कर ५० हजार रुपैयाँ तोकेको छ ।

अन्य सेवा

अन्य सेवामा ललितपुर महानगरले अधिकतम कर १० हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले अधिकतम कर ५० हजार रुपैयाँ तोकेको छ ।

अन्य व्यवसाय

अन्य व्यवसायमा ललितपुर महानगरले अधिकतम कर १ लाख ५० हजार रुपैयाँ तोकेको छ भने काठमाडौं महानगरले अधिकतम कर ३ लाख रुपैयाँ तोकेको छ ।

पार्किङ शुल्क

ललितपुर महानगरले पार्किङको अधिकतम शुल्क ५० रुपैयाँ तोकेको छ । काठमाडौं महानगरले पार्किङको अधिकतम शुल्क १ सय रुपैयाँ तोकेकोछ ।

सिफारिश तथा सेवा शुल्क

ललितपुर महानगरको सेवा तथा सिफरिस शुल्क अधिकतम १ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरको अधिकतम सिफारिस तथा सेवा शुल्क ५५ हजार रुपैयाँ रहेको छ ।
काठमाडौ महानगरले आर्थिक अवस्था कमजोर भएको, विपन्न विद्यार्थी सिफारिस गरेको, नागरिकता सिफारिस गरेको जस्ता विभिन्न १४ वटा विषयमा सिफारिस गर्दा शुल्क नलाग्ने बनाएको छ । तर, ललितपुर महानगरले भने काठमाडौं महानगरले निःशुल्क गरेका सिफारिसमा समेत शुल्क तोकेको छ । ललितपुर महानगरले नागरिकता सिफारिस गरेको, अदालत शुल्क मिनाह गरेको तथा नाबालक सिफारिस गरेको समेत शुल्क तोकेको छ ।


क्लिकमान्डु