एमजी ब्राण्डका जीएस र जेडएस मोडलका गाडी नेपाली बजारमा, मूल्य ३६ लाखदेखि ७४ लाखसम्म



काठमाडौं । एमजी मोर्टसको नेपाली वितरक कम्पनी पारामाउन्ट मोर्टसले जीएस र जेडएस मोडलका गाडी नेपाली बजारमा ल्याएको छ ।

पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालका अनुसार एमजी एक विश्वको सबै भन्दा छिटो प्रगति गरिरहेको मोटर्स कम्पनी मध्ये एक हो ।

आजबाट नै मोर्टसले एमजी ब्राण्डका जीएस र जेडएस मोडलका ९ वटा गाडीहरु सार्वजनिक गरेको हो । गाडीको मूल्य ३६ लाख रुपैयाँ देखि ७४ लाख रुपैयाँसम्मको एमजी जीएस र एमजी जेडएसका गाडीहरु बजारमा ल्याएको हो ।

विगत केही वर्ष यता एमजी ब्राण्डले नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्न सफल भएको जनरल मेनेजर सचिन अर्यालले बताए ।

उनले एमजीको उपस्थितिले नेपाली बजारमा गाडी पारखीलाई उत्साहित बनाएको बताए ।


क्लिकमान्डु