मर्सी एजुकेशनले दियो विजयलाई ‘आईफोन एक्स’, ४ जनाले पाए ‘ट्याव’



काठमाडौं । मर्सी एजुकेशन कन्सलटेन्सीले फुटवल वल्र्डकप २०१८ मा सही अनुमान मिलाउने ५ जना भाग्यशाली विजेताहरुलाई उपहार प्रदान गरेको छ ।

राजधानीमा एक कार्यक्रममार्फत प्रतियोगिताका ६४ वटा खेलमध्ये ४० खेलमा सही अनुमान गरी ‘ग्रान्ड प्राइज’ विजेता विजय खत्रीलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले आईफोन एक्स प्रदान गरे ।

कार्यक्रममा खत्रीसँगै अन्य ४ जना भाग्यशाली विजेतालाई ट्याव उपहार प्राप्त गरिएको मर्सी एजुकेशन कन्सलटेन्सीका अध्यक्ष राम टण्डनले जानकारी दिए । प्रतियोगितामा ६ हजारभन्दा बढी प्रतिष्पर्धी सहभागी थिए ।

प्रतियोगितामा सहभागी भइ सही अनुमान लगाउँदै गोल्डेन ग्लोव प्रेडिक्सन अन्तर्गत सरोज कार्कीले ट्याब उपहार पाए । त्यस्तै, गोल्डेन बुटको सही अनुमान गरेर रस्मित पोखरेल, प्रतियोगितामा बेस्ट प्लेयरको सही अनुमान गरेर आशिष श्रेष्ठले र वल्र्ड कप विजेताको सही अनुमान गरेर आश्विन अधिकारीले एक–एक वटा ट्याब उपहार प्राप्त गरेका छन् ।

प्रतियोगिताभर हरेक दिनका खेलमा सही अनुमान लगाउने एक जना भाग्यशाली विजेतालाई प्रत्येक दिन विभिन्न उपहार तथा रिचार्ज कार्डहरु प्रदान गरिएको थियो ।

गत १८ जुन २०१८ देखि १५ जुलाई २०१८ तारिखसम्म रसियामा आयोजित ‘विश्वकप फुटवल २०१८’ प्रतियोगिता भर कम्पनीको फेसबुक पेजमार्फत ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम सञ्चालन गरेको थियो ।


क्लिकमान्डु