केरुङ-काठमाडौँ रेलमार्ग निर्माण योग्य, लागत कति ?



काठमाडौं । नेपाली र चिनयाँ अधिकारीले संयुक्त रुपमा गरेको अध्ययनमा केरुङ काठमडाौं रेलमार्ग निर्माणयोग्य अर्थात निर्माण गर्न सकिने पाइएको छ ।

अध्ययन समितिले केही दिन भित्रैमा प्रतिवेदन बुझाउने र आवश्यक छलफल गर्ने तयारी गरेको छ ।

रेल विभागकाअनुसार आगामी साता नेपाल र चीनका उच्च अधिकारीबीच रेलमार्ग निर्माण सम्बन्धी छलफलको आयोजना गर्न लागिएको छ ।

सोही छलफलका आधारमा रेलमार्ग निर्माणको विषयलाई अन्तिम रुप दिइने तयारी छ ।

चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा हिमाली क्षेत्रमा कठिन भूगोल भएपनि रेलमार्ग निर्माण सम्भव रहेको उल्लेख गरेको छ ।

तर रेलमार्ग निर्माणका लागि अत्याधुनिक र उच्च प्रविधिको प्रयोगका आवश्यकता भने औल्याइएको छ ।

प्रतिवेदन करिबकरिब अन्तिम चरणमा पुगेको र संयुक्त छलफलपछि अन्तिम निर्णय गरिने रेल विभागका अधिकारीहरुको भनाइ छ ।

विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायाले आगामी साता संयुक्त छलफल हुने बताए ।

सो अध्ययन पतिवेदनलाई अन्तिम रुप दिइए लगत्तै आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनको काम सुरु हुनेछ । सो कार्यका लाथि थप केही समय लाग्नेछ ।

विस्तृत अध्ययन प्रतिवेदन तयार भएपछि रेलमार्ग निर्माणको एउटा प्रक्रियामा प्रवेश गर्नेछ ।

अध्ययन प्रतिवेदन तयार गर्न मात्रै करिब ५ अर्ब रकम लाग्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणको क्रममा रेलमार्ग निर्माणका विषयमा सम्झौता हुने भनिएपनि अध्ययनको सम्झौता मात्रै भएको थियो ।

प्रारम्भिक अइयन प्रतिवेदनलाई अन्तिम रुप दिएपछि विस्तृत परियोजना प्रतिवेदनको काम अगाडि बढ्ने र त्यसले रेलमार्ग निर्माणको मार्ग प्रशस्त गर्ने बताइएको छ ।

रेलमार्ग निर्माणका सम्बन्धमा नेपाल र चीनका अधिकारी करिब सहमत छन् । तर कुन ढाँचामा कसरी रेलमार्गए निर्माण गर्ने भन्ने बारेमा भने कुनै पनि सहमति हुन सकेको छैन ।

रेलमार्ग निर्माणको मोडलमा सहमति भएपछि मात्रै नेपाली लगानीमा बनाउने, सहुलियत ऋण लिने वा चीनले अनुदानमा बनाइदिने भन्ने जस्ता विषय टुंगो लाग्ने बताइएको छ ।

अध्ययनको प्रतिवेदन तयार भएको जानकारी चिनियाँ प्राविधिकले नेपाल सरकारलाई गराएको समेत विभागका अधिकारीको भनाइ छ ।

अध्ययन समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च अधिकारी छिट्टै चीन भ्रमणमा जाने तयारी समेत गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले समेत उच्चस्तरीय छलफल छिट्टै चीनमा हुने स्वीकार गरे ।

करिब ७२ किलोमिटर हुने अनुमान गरिएको रेलमार्गमा भारतीय प्लेट र तिब्बती प्लेट एक आपसमा घुस्ने स्थानमा रहेका कारण पनि समस्या हुन्छ कि भन्ने अनुमान गरिएको थियो ।

तर भौगर्भिक रुपमा रेलमार्ग निर्माण गर्न सकिने पाइएको छ ।

उक्त रेलमार्ग निर्माणको लागतका बारेमा भने कुनै पनि निष्कर्ष भने भइसकेको छैन । सो रेलमार्गका लागत ४ खर्ब बराबर हुने देखिएको छ ।


पुष्प दुलाल