उद्यमीको कथा : फोटो फिचर



सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको तस्वीर

काठमाण्डौ । मानिसहरु आफ्नो जीविकोपार्जनका लागि विभिन्न काम गरिरहेका हुन्छन् । कतिपय मानिस रोजगारी गरिरहेका हुन्छन् भने कतिपय मानिस आफ्नै व्यवसायपनि गरिरहेका हुन्छन् ।

थोरै लगानीमा आफ्नै व्यवसाय गरिरहेका उद्यमीलाई केन्द्रित गरेर केही समय अगाडि समृद्धि फाउण्डेसनले फोटो प्रतियोगिता आयोजना गरेको थियो ।

उद्यमीको कथाः एक तस्वीर नामक उक्त प्रतियोगितामा उत्कृष्ट भएका तीन वटा तश्वीर र सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको तस्वीर यहाँ प्रस्तुत गरेका छौं ।

तश्वीर १ : महोत्तरीको सडकमा खानेकुरा बेच्दै गरेकी सदामादेवी साह । यही व्यवसायबाट भएको आम्दानीले उनी आफ्ना छोराछोरीपनि पढाउँदैछिन्, श्रीमान्लाईपनि वैदेशिक रोजगारीमा पठाएकी छिन । फोटो : विक्रम रौनियार

तश्वीर २ : आनन्द शारीरिक रुपमा अशक्त छन । उनी आफु बाँच्नका लागि सडकमा बसेर चित्र बनाउने गर्छन् । फोटो : सागर पौडेल ।

तश्वीर ३ : सडकमा चिया बेचीरहेका तेज लामा । उनी दिनभर अरुको रेष्टुरेष्टमा काम गर्छन्, तर साँझ परेपछि भने श्रीमती सहित चिया व्यापार गर्छन् । फोटो : आभाष कर्माचार्य ।

तश्वीर ४ : चाँगुनारायण भक्तपुरमा खुवा बनाउँदै गरेका व्यक्ति, उनी अहिले मासिक २० देखि २५ हजार आम्दानी गर्छन् । फोटो : अमित बानमाला ।


क्लिकमान्डु