बेस्ट फाईनान्स कम्पनीको हकप्रद सेयर बिक्रीको अवधि थप



काठमाडौं । बेस्ट फाईनान्स कम्पनीले हकप्रद सेयर बिक्रीको अवधि थपेको छ ।
हकप्रदको लागि दरखास्त दिने म्यादमा दुई हप्ताको हेरफेर भएको छ । काठमाडौं उपत्यका बाहिरका लागि भदौ ११ गते तथा उपत्यका भित्रको लागि भने भदौ १२ गतेसम्मलाई मिति थप गरिएको हो ।

उक्त हकप्रद सेयर खरिदका लागि हालसम्म दरखास्त बुझाउन बाँकी रहेका लगानीकर्ताले प्रभु क्यापीटल लिमिटेड कमलादीमा सम्पर्क गर्नु पर्नेछ । साथै, वेष्ट फाईनान्स कम्पनी लिमिटेड (साबिकको सिनर्जी फाइनान्स ) को मुख्य कारोबार गर्ने (प्रधान कार्यालय) काठमाडौं महानगरपालिका वडा नं १ तथा कमलादी तथा वित्तीय संस्थाको अन्य शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ ।

यसरी नै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मार्फत पनि आवेदन दिन पाईने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

सो कम्पनी (साबिक सिनर्जी फाइनान्स लिमिटेड) ले गत जेठ २९ गतेसम्म कायम साविक सेयरधनीका लागि १ बराबर ०.२५ को अनुपातमा बिक्री खुल्ला गरेको थियो ।

गत असार २५ देखि साउन २७ गतेसम्म बिक्री खुुल्ला गरिएको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार संचालक समितिको साउन २५ मा बसेको कम्पनीको बैंठकले सो निष्काशनको मिति थप गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु