नयाँ नेपाल लघुवित्तको हकप्रद सेयर आजबाट खुला
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि हकप्रद सेयरको निष्कासन तथा खुल्ला बिक्री खुला गरेको छ ।
संस्थाले ६ लाख कित्ता सेयरको १ बराबर २ दशमलव ५ को अनुपातमा साउन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो । प्रति कित्ता सेयरको दर सय रुपैंया रहेको छ । भदौ ३१ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिने छ ।
उक्त सेयरकालागि आवेदन भने सो संस्थाले सेयर दाखिल बन्द गराएको मिति साउन ७ गते भन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले दिन सक्नेछन् ।
आवेदन दिनकालागि एनएमबी क्यापिटल लिमिटेड नागपोखरीमा सम्पर्क गर्नु पर्नेछ । यस्तै, उपत्यका भित्र रहेका एनएमबि बैंकका शाखा कार्यालयहरु कलंकी, तीनकुने, टेकु, बसुन्धारा, लुभु, ठैव, सूर्यविनायकमापनि सम्पर्क गर्न सकिनेछ ।
यस्तै, उपत्यका बाहिरका तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्रपथ धरान, रङ्गेली रोड विराटनगर, सुर्खेत रोड, नेपालगञ्ज, विरेन्द्रनगर बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर बीरगंज, भानुचोक जनकपुर, नारायणगढ चितवन, विर्तामोड झापामा समेत सम्पर्क गर्न सकिन्छ ।
देव विकास बैंक धुलिखेल काभ्रेपलान्चोक तथा गुडविल फाइनान्सका शाखा कार्यालयहरु हात्तीसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटीबाटपनि आवेदन बुझाउन सकिनेछ ।
सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल ललितपुर, चाबहिल काठमाडौंबाट समेत आवेदन बुझाउन सकिने छ ।
यसरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयबाट समेत आवेदन पाउन तथा बुझाउन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।