यो सातापनि बढेन नेप्से, लगानीकर्तामा निराशा, ९१ करोड कारोबार



काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक यो साता पाँचै दिन ओरालो लाग्यो । साताका पाँचै दिन अधिकांश समूहले नाफा कमाउने सकेनन् । यसरी हेर्दा लगानीकर्ताहरुका लागि यो साता निराशाजनक रह्यो ।

साउन २० गतेदेखि २४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५३१० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन ११८०.६३ अंकमा पुगेको छ । यो सात पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

समूहगत परिसूचकहरुको उतारचढाव


‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (पाँच करोड ९० लाख ४० हजार रुपैयाँ) को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ८५ हजार कित्ता) को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार संख्या (८७७ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।


क्लिकमान्डु