नेप्से परिसूचक ६.६९ अंकले घट्यो, १९ करोडको कारोबार



काठमाडौं । साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६९ अंकले घटेको छ । परिसूचक ०.५६ प्रतिशतले घट्दा ११८०.६३ बिन्दुमा पुगेको हो ।

आज १ सय ६३ कम्पनीका ८ लाख ६९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा १९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

ट्रेडिङ समूह बाहेक आज सबै समूह राताम्य भएका हुन् । ट्रेडिङ समूह २.११ अंकले बढेको हो ।

बैंकिङ समूह ३.३७, होटल समूह ३१.५२, विकास बैंक समूह १.३१, जलविद्युत समूह १६.८८, वित्तीय समूह ०.७, निर्जीवन बीमा समूह ७०.०७, लघुवित्त समूह १६.४७, जीवन बीमा समूह १०२.८३ र अन्य समूह ०.४२ अंकले घटेका हुन् ।

आज नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै कारोबार गरेको छ । इन्सुरेन्सले २ करोड १९ लाख बराबरको टर्नओभर गरेको हो ।

आरम्भ माइक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले ३.८७ प्रतिशतले कमाई गरेका हुन् । मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ९.०९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु