०.८९ अंकले घट्यो नेप्से, १४ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको चौथो दिन पनि घटेको छ । सातको पहिलो दिन आइतबारबाट निरन्तर ओरालो लागेको नेप्से परिसूचक चौथो दिनसम्म आइपुग्दा पनि उकालो लाग्न सकेको छैन ।

बुधबार नेप्से परिसूचक ०.८९ अंकले घटेको हो । ०.०७ प्रतिशतले घट्दा परिसूचक ११८७ .३२ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६२ कम्पनीले कारोबार गरेका छन् । ४ लाख ७४ हजार ८ सय ६१ कित्ता सेयर किनबेच हुदा १४ करोड ९१ लाख ९७ हजार ७ सय ९५ रुपैयाँको कारोबार भएको छ ।

परिसूचक आज ३ वटा हरियो तथा अन्य भने रातो देखिएका छन् । होटल ३७.४६, जलविद्युत २.२८ र अन्य १.२६ अंकले बढेका छन् ।

यस्तै, बैंक १.५७, विकास बैंक ०.०१, वित्तीय ०.४२, निर्जीवन बीमा ४.२१, उत्पादनमूलक समूह ९.२३, माईक्रोफाइनान्स १.४१ र जीवन बीमा २२.३६ अंकले घटेका छन् ।

सर्पोट माईक्रो फाइनान्सका वित्तीय संस्थाका लागनीकर्ताहरुले ९.९२ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् ।

नयाँ नेपाल लघुवीत्त विकास बैंकका लागनीकर्ताले भने ५.३२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु