१.४६ अंकले घट्यो नेप्से, २१ करोडको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबारपनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.४६ अंकले घटेको हो । ०.१२ प्रतिशतले घटदा नेप्से परिसूचक ११८८.२१ बिन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १५७ कम्पनीले कारोबार गरका छन् । ९ लाख ९ हजार ३ सय ४१ कित्ता सेयर किनबेच हुदा २१ करोड ३७ लाख ९१ हजार ३ सय १५ रुपैंयको कारोबार भएको छ ।
नेप्सेको ३ सूचक हरियो छन् भने अन्य रातो रहेका छन् । होटल ३२.३४, निर्जीवन बीमा ११.०५ र अन्य २.४१ अंकले बढेका छन् ।
बैंक ०.७७, विकास बैंक १.३१, जलविद्युत ४.९६, वित्तीय ४.०३, उत्पादनमूलक समूह २५.४२, माईक्रोफाईनान्स १०.८१ र जीबन बीमा ३९.८३ अंकले घटेका छन् ।
सपोर्ट माईक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यसरी नै फस्र्ट माईक्रोफाइनान्स विकास बैंकका लगानीकर्ताले ९.५१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।