२० लाख पर्यटक भित्र्याउन यस्तो छ सरकारको तयारी



काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने लक्ष्यका साथ १०० स्थानलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती गन्तव्यको पहिचान तथा प्रचार प्रसारमा सहयोग गर्नका लागि प्रदेश सरकार र स्थानीय निकायलाई समेत आवश्यक व्यवस्थाका लागि पत्राचार गरिसकेको छ ।

स्थानीय निकाय र प्रदेश सरकारका तर्फबाट प्राप्त हुने सुझावका आधारमा १०० पर्यटकीय गन्तवयको पहिचान गरी नेपाल भ्रमण वर्षलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

यी छन् तयारी

नेपाल भ्रमण वर्षलाई अगाडि बढाउनका लागि भारत र चीन लक्षित मास मिडिया क्याम्पेन गर्ने, डिजिटल संयन्त्र मार्फत प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय ख्याती प्राप्त सञ्चार माध्यम मार्फत प्रचार गर्ने लगायतका विषय समेटिएका छन् । त्यसमा विशेष गरी बिबिसी, सिएनएन, अज जजरिलालगायतका अन्त्र्राष्ट्रिय सञ्चार माध्यमममा नेपालको व्यापाक प्रचार प्रसार गरिने भएको छ ।

यस्तै ख्याती प्राप्त र धेरै गन्तव्य जोड्ने विमान कम्पनीका उडान सूचना तथा तिनका म्यागजिनमा नेपालका पर्यटकीय गन्तव्यका बारेमा सन्देश छपाउने लक्ष्य राखिएको छ ।

यसबाट नेपालको पर्यटकीय छवि र साख पुनः जागृत भई नेपाल आर्कषक गन्तव्यको रुपमा पूर्णरुपमा तयारी अवस्थामा रहेको सन्द्येश विश्वभर नै प्रवाहित हुने लक्ष्य राखिएको छ ।

एक हजार विदेशी मिडिया र टुप अपरेटरलाई नेपाल भ्रमण

भ्रमण वर्षलाई सफल बनाउनका लागि सरकारले १ हजार भन्दा बढी अन्त्र्राष्ट्रिय मिडिया र टुर अपरेटरलाई नेपालको भ्रमण गराउने भएको छ ।

सञ्चार माध्यमबाट हुने प्रचार प्रभावकारी र विश्वका विभिन्न देशका नागरिकले समेत विश्वास गर्न सक्ने भएकाले उनीहरुलाई सरकारले आनै लगानीमा भ्रमण गराउन लागेको हो ।

यस्तै टुर अपरेटरहरुलाई पनि नेपालमा भ्रमण गराएर नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी दिने लक्ष्य राखिएको छ ।

यस्तै अभियानको प्रवद्र्धनका लागि विदेशस्थित नेपाली कुटनैतिक नियोग, गैर आवासिय नेपाली संघ, नेपालमैत्री अन्तर्राष्ट्रिय संघ संसथा मार्फत सहकार्य गर्ने लक्ष्य समेत अगाडि सारिएको छ ।

यस्तै मुख्य गन्तव्यको सरसफाई तथा सौन्दर्यीकरण, तोकिएको मापदण्ड अनुसारको साइनेजहरु, गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति विकास तथा क्षमता अभिवृद्धिमा सहकार्य , नयाँ गन्तव्य, गतिविधिको पहिचान, विकास र प्रवद्र्धन तथा ब्रान्डिङमा सहकार्य, कम्तीमा १० वटा मुख्य गन्तव्य वा गतिविधि, उत्सव महोत्सव, जात्रा, पर्वको प्याकेजिङ तथा प्रवद्र्धन गरिने भएको छ ।

पत्रकार, सेलीब्रेटी, तथा टुर अपरेटहरुको परिचयात्मक भ्रमण गराउने लक्ष्य समेत राखिख्एको छ ।

यी ६ भाषामा बन्नेछन् बेवसाइट

सरकारले पर्यटन प्रवद्र्धनका लागि अग्रजी, चिनियाँ, स्पेनिस, फ्रेन्च, जर्मनी र रसियन भाषामा बेवसाइट निमाृण गर्ने भएको छ । त्यसमा यसअघि नै अग्रेजी र चिनियाँ भाषामा बेवसाइएट निर्माण भइसकेको छ ।

त्यसलाई सामािजक सञ्जालमा व्यापक प्रचार प्रचार गर्ने, अन्तर्राष्ट्रिय रुपमा नै प्रचार प्रसारमा सामािजक सञ्जाल सञ्चालकहरुसँग सहकर्य गर्ने लक्ष्य राखिएको छ ।

नयाँ गन्तव्यको समेत आर्कषण झल्कने गरी १० वटा भिडियो निर्माण गरी सोसल मिडियामा राख्ने, बिबिसी, सिएनएन भारतीइ तथा चिनियाँ विद्युतीय सञ्चार तथा छापा माध्यम मार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै भारत, चीन, अमेरिका, यूरोपलगायतका देशहरुमा १० वटा व्यापारी तथा व्यवसायीको सेल्स मिशनको आयोजना गर्ने कार्यक्रम समेत तय भएको छ ।

धार्मिक पर्यटनमा जोड

सरकारले रामायण सर्किट, बौद्ध सर्किट र शिव सर्किटलाई विशेष प्राथमिकतामा रखेर पर्यटन प्रवद्र्धन गर्ने भएको छ । त्यसमा जनकपुरदेखि अयोध्यासम्म, लुम्बिनीदेखि बोधगया, सारनाथ कुशीनगर र पशुपतिनाथदेखि बारााणसीसम्मको क्षेत्रलाई विशेष प्राथमिकतामा राखखी प्रचार प्रसार र प्रवद्र्धन गर्ने छ ।

सरकारले यस खालको लक्ष्य राखेको भएपनि सडक यातायात, हवाई यातायातलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा कुनै पनि लक्ष्य राखेको छैन ।

प्रमुख पर्यटकीय गन्तव्यहरुमा समस्या उस्तै रहेको छ । भौतिक पूर्वाधारको निर्माणमा ध्यान दिइएको छैन । होटल तथा रेष्टुराँको विकासका ध्यान दिइएको छैन । सहज रुपमा पर्यटन प्रवद्र्धनमा ध्यान दिइएको छैन । त्यसबाट सरकारको लक्ष्य पूरा हुन गाह्रो पर्ने देखिएको छ ।


पुष्प दुलाल