एप्पल कसरी भयो ट्रिलियन डलर कम्पनी ?




काठमाण्डौं । एप्पल अहिले विश्वकै पहिलो ट्रिलियन डलर कम्पनी बनेको छ । एप्पलको यो सफलतामा एप्पलका सहसंस्थापक स्टिभ जब्सको ठूलो योगदान छ ।

उनले एप्पलको प्रविधिलाई क्रान्तीको रुपमा प्रयोग गरेर विश्वव्यापी बनाए । आई प्याडबाट सुरु भएको यो प्रविधि क्रान्तीले आज निकै ठूलो छलाङ मारेको छ ।

स्टिभ जब्सले, स्टिभ वाजनिएकसंग मिलेर सन १९७६ मा एप्पल कम्पनी स्थापना गरेका थिए । सन् १९८० मा एप्पल कम्पनीको शेयर मागमा अत्याधिक बृद्धि भएको थियो । एप्पलको सेयर मागलाई सन् १९५६ मा फोर्ड कम्पनी पछिको अत्याधिक माग पनि भनिन्छ ।

सन् १९९७ सम्म घाटामा चलिरहेको एप्पल कम्पनीमा जब्सले सन् १९९७ पछि थिकं डिफ्रेन्ट अभियान चलाएका थिए । यही अभियानमा रहेर एप्पलले आफ्ना नयाँ उत्पादन सुरु गरेको थियो । सन् २०११ मा स्टिभ जब्सको मृत्युमा तत्कालीन अमेरीकी राष्ट्रपती बाराक ओबामाले दुरदर्शी व्यक्ति गुमाउनु परेको बताएका थिए ।

आईफोन एक क्रान्ती
सन् २००७ मा एप्पलले पहिलोपटक आईफोन लञ्च गरेको थियो । आधुनिक मोबाईल क्षेत्रमा आईफोनको सबैभन्दा ठूलो प्रभाव परेको बताईन्छ । फोन सार्वजनिक भएको पहिलो वर्षमा नै कम्पनीले १ करोड ४० लाख आईफोन बिक्रि गरेको थियो ।

नोकिया र ब्ल्याकबेरी जस्ता मोबाईलको बजारमा प्रवेश गरेको आइफोनले छिट्टै नै विश्वभरका प्रयोगकर्तामाझ आफुलाई लोकप्रिय बनायो । एप्पले गत वर्ष मात्रै २१.६ करोड आईफोन विक्रि गरेको थियो ।

एप्पलको सर्भिस र ब्राण्डिङ
एप्पलले आफुले प्रदान गर्ने सेवाहरु आईट्युन, एप्पल म्यूजिक, एप्पल एप स्टोर र आईक्लाउडबाट समेत आम्दानी गर्ने गर्छ । २०१८ को अप्रिलदेखि जुनको अवधिमा मात्रै एप्पलले यी सेवाबाट प्राप्त हुने आम्दानीमा पनि ३१ प्रतिशतले बृद्धि गरेको छ ।

एप्पलका आफ्ना उत्पादनको आन्तरिक सञ्जालले पनि मानिस एप्पलप्रति विश्वास गर्ने गर्छन् । यसबाहेक एप्पलको सुरक्षा रणनीति पनि अन्य मोबाईल उत्पादकको भन्दा कडा रहेको छ ।

चीन र विकास
दुनियाँको सबैभन्दा ठूलो स्मार्टफोनको बजार चीन नभएको भए एप्पलको सफलतापनि यति ठूलो हुँदैन थियो । एप्पलको मुनाफाको एक चौथाई हिस्सा चीनबाट मात्रै आउँछ । यसबाहेक आईफोन पनि चीनमै उत्पादन हुने गर्छ । चीनको मध्यम वर्गीय परिवारमा आईफोन निकै लोकप्रिय छ ।

(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु