
काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको मूल्य बढेको छ
सुनको भाउ आज प्रतितोला १ हजार २ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।










प्रतिक्रिया