उर्जामन्त्री पुनसँग गुनासोका चाङ, १ घन्टामै १६ सर्वसाधारणले गरे यस्तो गुनासो (सूचिसहित)



काठमाडौं । उर्जामन्त्री वर्षमान पुनसँग १६ जना सर्वसाधारणले गुनासो गरेका छन् । मन्त्री पुनले आजदेखि हरेक शुक्रबार १ घन्टा जनतासँग हटलाइनमा कुरा गर्दै गुनासो सुन्न थालेका छन् । हटलाइन सुरु भएको पहिलो दिन नै मन्त्री पुनसँग १६ जनाले टेलिफोनमार्फत गुनासो गरेका हुन् ।

मन्त्री पुनसँगको प्रत्यक्ष टेलिफोन कुराकानीमा सेवाग्राहीले नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा देखिएको समस्या, काठका विद्युतीय पोलका कारण बढ्दो दुर्घटनाबारे गुनासो गरे ।

त्यस्तै विद्युत प्राधिकरणले बिना सूचना बिजुलीको लाइन काटेको भन्ने गुनासो पनि मन्त्री पुनसँग गरे । मन्त्री पुनले जनताको गुनासो सम्बोधन गर्दै तत्कालै सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधान गर्न टेलिफोनमार्फत निर्देशन दिए ।


पुष्प दुलाल