एनसीसी बैंकले भदौ ४ गते हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद आगामी भदौ ४ गतेदेखि असोज ७ गतेसम्मको लागि निष्कासन गर्न लागेको हो ।
बैंकले साउन १५ गतेसम्म कायम सेयर धनीहरुलाई २ बराबर १ को अनुपातमा सय दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयर खरिदका लागि दरखास्त पाईने स्थान सनराईज क्यापिटल लिमिटेड कमल पोखरी काठमाडौं, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको प्रधान कार्यालय बागबजार काठमाडौं तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय मार्फत पनि बुझाउन सकिने छ ।
यसरी नै नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक, वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय मार्फत दरखास्त बुझाउन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।