भदौ १ देखि सिटी एक्सप्रेस हकप्रद सेयर निष्काशन



काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

फाइनान्सले २५ लाख कित्तासम्म हकप्रद साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १ सय तोकिएको छ ।

यसरी फाइनान्सले हकप्रद आगामी भदौ १ गतेदेखि असोज ४ गतेसम्मका लागि निष्कासन गर्न लागेको हो । हाल फाइनान्सको चुक्तापूँजी १५ करोड रहेको छ ।

सोही पूँजीको १ कित्ता बराबर १.६७ कित्ताको अनुपातमा सेयर निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु