०.४४ अंकले घट्यो नेप्से, २९ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन न्यून अंकले बढेको नेप्से परिसूचक दोश्रो दिन सोमबार फेरि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४४ अंकले घटेको हो । ०.०४ प्रतिशतले घट्दा परिसूचक ११९४ दशमलव ३८ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १७० कम्पनीले कारोबार गरेका छन् । १२ लाख ८४ हजार ९ सय ४४ कित्ता सेयर किनबेच हुँदा २९ करोड ६१ लाख ५६ हजार २ सय ५२ रुपैंयाको कारोबार भएको छ ।

बैंक ०.७९, विकास बैंक ०.२२, वित्तीय ४.१८, उत्पादनमूलक ४.६६ अंकले बढेका छन् । यस्तै, होटल ९.९९, जलविद्युत १.३७, निर्जीवन बीमा १४.७२, अन्य २.२५, माईक्रो फाइनान्स ०.०५ तथा जीवन बीमा २०.५१ अंकले घटेका छन् ।

नेपाल सेभा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.८३ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.५२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु