तारे होटल मध्ये र्याडिसनको सेयर मूल्य सबैभन्दा बढी



काठमाडौं । नेपालमा रहेका तारे होटलहरु मध्येमा होटल र्याडिसनको सेयरको बजार मूल्य सबैभन्दा बढी छ । यसरी नै होटल र्याडिसन पछाडि हायात होटलको मूल्य अन्य होटलको तुलनामा उच्च रहेको छ ।

नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क अनुसार रयाडिसन होटल (ओरेन्टल होटल लिमिटेड) को एक कित्ता सेयरको बजार मूल्य ५ सय १० रुपैंयाँ रहेको छ । गत बर्ष साउन १९ गते बिहीबारका दिन सोही होटलको एककित्ता सेयरको मूल्य ९ सय ६६ रुपैंयासम्म पुगेको थियो ।

तारागाउँ रिजेन्सी (हायात) होटलको सेयर मूल्य २ सय ७० रुपैंया रहेको छ । गत २०७४ साल मंसिर २० गते बुधबार सोही सेयरको बजार मूल्य ३ सय ३३ रुपैंया रहेको थियो । यसरी नै पछिल्लो पटक बैशाख ९ गते आईतबार सोही होटलको सेयर मूल्य ३ सय १४ रुपैंया पुगेको थियो ।

सोल्टी होटल (एसएचएल) को एक कित्ता सेयरको बजार मूल्य २ सय ४१ रुपैंयाँ रहको छ । गत बिहीबार भने सोही सेयरको मूल्य २ सय ४५ रहेको थियो । यसरी नै गत बर्ष साउन १६ गते सोमबार सोही सेयरको बजार मूल्य ३ सय ८९ सम्म पुगेको थियो ।

गत बैशाख ९ गते आइतबार सेयरको मूल्य बढेर २ सय ८१ रुपैंया कायम भएको थियो । साथै, २०७४ साल चैत्र १२ गतेसो होटलको सेयर मूल्य बर्ष कै सबैभन्दा सस्तो २ सय २२ रुपैंयाँसम्म पुगेको थियो ।

होटल याक एण्ड यती भने केही समय अगाडिदेखि सेयर बजारमा कारोबार गरेको छैन ।


क्लिकमान्डु