एनएफआरएस अन्तर्गत बैंकको वित्तीय विवरण आउने, त्रैमास सकिएको एक महिनाभित्र प्रकाशित गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थपेको छ ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दैै वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिनको लागि थपेको हो ।

वाणिज्य बैंकले यो पटकदेखि एनएफआरएस ढाँचामा रहेर आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्ने हुन्छ ।

नयाँ ढाँचामा वित्तीय विवरण प्रकाशित गर्न दिने भएपछि राष्ट्र बैंकले त्रैमास अन्त्य भएको १५ दिनपछि वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा त्यसलाई बढाएर ३० दिनभित्रमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको हो ।

सिटिजन्स बैंक र नेपाल बैंकले पुरानो ढाँचमा वित्तीय विवरण प्रकाशित गरेका छन् । अब दुवै बैंकले नयाँ ढाँचामा वित्तीय विवरण प्रकाशित गर्ने छन् ।


क्लिकमान्डु