यी हुन् आइतबार नाफा कमाउने १० कम्पनी



काठमाडौं । सेयर बजार बढेको दिन आज नेशनल हाईड्रो प्रोजेक्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । विभिन्न कम्पनीको सेयर किनबेच हुँदा सधै झै केही लगानीकर्ता नाफामा गएका छन् भने केही घाटामा गएका छन् ।

नेशनल हाइड्रोको लगानीकर्ताले भने ७.५ प्रतिशतले नाफा कमाएका हुन् । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसिएल) का लगानीकर्ताले ५.३५ प्रतिशतले नाफा आर्जन गरे ।

सिर्जना फाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ३.८९ प्रतिशतले नाफा आर्जन गरेका छन् । मन्जु श्री फाइनान्स लिमिटेडका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाई गरेका छन् ।

यसैगरी, नबिल इक्यूटी फण्डका लगानीकर्ताले ३.२५ प्रतिशतले नाफा कमाएका छन् । निरुदी लघुबित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.११ प्रतिशतले नाफा आर्जन गर्दा यूनाईटेड मोदी हाईड्रो पावरका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाई गरेका छन् ।

लाईफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताले २.२५ प्रतिशतले नाफा आर्जन गरेका छन् भने ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले २.१४ प्रतिशतले नाफा आर्जन गरेका छन् ।

एनएमबि बैंकका लगानीकर्ताले भने १.९७ प्रतिशतले नाफा आर्जन गरेको नेपाल स्टक एक्सचेन्जको तथ्याङ्कमा उल्लेख रहेको छ ।

 


क्लिकमान्डु