३.६२ अंकले बढ्यो नेप्से, १८ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक न्यून अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेको हो ।

०.३० प्रतिशत कारोबार हुँदा नेप्से परिसूचक ११९४.८२ बिन्दुमा पुगेको छ ।
सेयर बजारमा आज १५३ कम्पनीले कारोबार गरे । ७ लाख ८१ हजार ४ सय ८४ कित्ता सेयर किनबेच हुँदा १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैंयाको कारोबार भएको छ ।

बैंक २.९४, विकास बैंक ६.७७, निर्जीवन बीमा ९.९२, अन्य ६.३६ र जीवन बीमा ५२.६७ अंकले बढेका छन् ।

होटल २०.१४, जलविद्युत ३.९९, वित्तीय १.१२, उत्पादनमूलक समूह ६.८२ र माईक्रोफाइनान्स १.५ अंकले घटेका छन् ।

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७.५० प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.६७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु