सिटी एक्सप्रेस फाइनान्सले हकप्रद सेयर बिक्री गर्न साउन २१ गते बुक क्लोज गर्ने



काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्न साउन २१ गते बुक क्लोज गर्ने भएको छ । सेयरधनीले साउन २० गतेसम्म भने हकप्रद भर्न पाउने जनाइएको छ ।

गत बैशाख ३१ मा सम्पन्न कम्पनीको १२ औं बार्षिक साधारण सभाले १५ करोड पूँजीको १ बराबर १.६७ को अनुपातमा सेयर बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता सयका दरले २५ लाख कित्तासम्म हकप्रद सेयर बिक्री हुनेछ । साउन ११ गते सो निर्णय गरिएकोे कम्पनीका सचिव गोपाल घिमिरेले बताए ।


क्लिकमान्डु