नेपाल बैंकको एफपिओ भर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल बैंकको एफपिओ भर्ने आज अन्तिम दिन हो । आइतबार बैंकिङ समय पश्चात एफपिओ बिक्री बन्द हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दियो ।

एफपिओमा आवेदन भर्न इच्छुक लगानीकर्ताले आजैका मितिमा आवेदन बुझाइसक्नु पर्नेछ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाए अनुसार बैकले ७४ करोड ७७ लाख ८ सय रुपैंयाका लागि आवेदन प्राप्त गरेको छ । एफपिओको लागि आवेदन बुझाउने आवेदक संख्या भने १८ हजार ७ सय ११ जना रहेको छ । यसरी हालसम्ममा बैंकको अपेक्षा भन्दा न्यून रकमलाई आवेदन परेको हो ।

बैंकले गत असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैंयाको दरले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गरेको थियो । आवेदन न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमा भित्र रही अधिकतम सबै कित्ताको लागि दिन पाइनेछ । सिआस्वा मार्फत पनि आवेदन बुझाउन सकिन्छ ।

हाल चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैंया रहेको बैंकको एफपिओ बिक्री पश्चात पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार पुग्नेछ ।


क्लिकमान्डु