रानीपोखरी पुनर्निमार्णको जिम्मा सेनालाई दिने तयारी



काठमाडौं । सरकार २०७२ वैशाखको विनाशकारी भूकम्पका कारण ध्वस्त सांस्कृतिक धरोहरको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ ।

रानी पोखरी निर्माण गर्ने अधिकार पाएको काठमाडौं महानगरपालिले समयमै रानीपोखरी निर्माण गर्न नसकेको पछि सेनालाई दिने तयारी गरेको छ ।

रानी पोखरीको पुनर्निमार्ण सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री, पर्यटन मन्त्री, काठमाडौं महानगरपालिका र पुरातत्व विभाग बीच छलफल भएको छ ।

छलफलमा काठमाडौं महानगरपालिकाले पनि पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा सकारत्मक देखिएको छ ।

काठमाडौं महानगरपालिकाले आधुनिक शैलीमा करिब सवाँ ६ करोड रुपैयाँमा रानीपोखरी निमार्ण थालेको थियो । पोखरी निर्माणमा आधुनिक शैली र कंक्रिट प्रयोग भएपछि सम्पदाविदहरुले विरोध गरेको थिए ।

सम्पदाविदहरुले रानीपोखरी पुरानै शैलिमा निर्माण गर्नुपर्ने भन्दै विरोध गरेपछि काठमाडौं महानगरपालिकाले गत पुस १३ गते निर्माण स्थगन गरेको थियो । निर्माण स्थगित गर्दै महानगरपालिकाले पुरातत्व विभागका पूर्वमानिर्देशक सहतिको विज्ञ समुह गठन गरेको थियो ।

विज्ञ समूहले रानी पोखरी पुरानै शैलीमा निर्माण गर्ने सुझाव दिएसँगै काठमाडौं महानगरपािनलकाले निर्माण बन्द गर्ने निर्णय गरेको थियो । निर्माण बन्द गर्ने निर्णय सहित कामठमाडौं महानगरपालिकाले पुरानै शैलीमा रानीपोखरी निर्माणको डिजाइन तयार गर्न परामर्शदाता छनोट गरेको थियो ।

परामर्शदातादे करिब ८ करोड रुपैयाँमा रानीपोखरी पुरानै शैलीमा निर्माण गर्न सकिने डिजाइन दिएको थियो । सोही डिजाइनको आधारमा महानगरपालिकाको खर्चमा पोखरी निर्माणको जिम्मा सेनालाई दिने गरी छलफल सुरु भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन् ।

सेनाले निर्माण गरेको निर्माणको काम पनि समयमै सम्पन्न भएको रेडर्क र गुणस्तरमा पनि कुनै कमी नहुने हुँदा सेनालाई दिने तयारी भएको बताए । रानीपोखरीको बाहिरको संरचना सेनालाई निर्माण दिएपनि भित्र रहेको बालगोपालेश्वरको मन्दिर भने विभागले नै बनाउने भएको छ ।


पुष्प दुलाल