नहर भत्किँदा बाजुरामा विद्युत् सेवा अवरुद्ध




बाजुरा । बडिमालिका नगरपालिका–८ स्थित त्रिवेणी साना जलविद्युत् केन्द्रको सोमबार राति आएको अविरल वर्षाका कारण नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

त्रिवेणी सहकारीद्वारा सञ्चालन हुँदै आएको उक्त जलविद्युत् केन्द्रको पटक पटक नहर तथा पहिरो पुरिन थालेपछि जिल्लावासी अँध्यारोमा बस्न बाध्य भएका छन् । राति ९ः०० बजेको वर्षाका कारण नहरको तलपट्टिबाट पहिरो आएपछि नहर भत्केको त्रिवेणी साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।

विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम एवं सेवाग्राही मारमा परेका छन् । विद्युत्को नहर भत्किने, यन्त्रमा खराबी आउने जस्ता समस्या भए पनि सहकारीले कुनै चासो नदेखाएको विद्युत् सेवाग्राहीले गुनासो गरेका छन् । विद्युत् सेवा नियमित नहुँदा स्थानीयवासी मारमा परेका छन् ।

विद्युत्को नहरमा पाइप प्रयोग गरेर आज बेलुकीसम्म विद्युुत् सेवा पुनः सञ्चालन हुने जलविद्युत् केन्द्रका व्यवस्थापक पण्डितको भनाइ छ । रासस


क्लिकमान्डु